काठमाडौँ । पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई २ वटा मुद्दाको कसुरमा धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले आज लिखितसम्बन्धी कसुरमा मेयर सिंहलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले जानकारी दिनुभयो । यस्तै झुठा विवरण पेश गरेर नागरिकता बनाएको कसुरमा भने १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्साले आजै वीरगञ्ज महानगरका मेयर सिंहलाई पक्राउ गरेर पर्सा जिल्ला अदालतमा पेश गरेको थियो । पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको १० दिनपछि मात्रै पर्सा प्रहरीको विशेष टोलीले मेयर सिंहलाई पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा आज पक्राउ गरेको थियो ।
मेयर सिंहले अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता र राहदानी बनाएर लिखितसम्बन्धी कसुर गरेको आरोप लागेको छ ।
पर्सा जिल्ला अदालतले गएको जेठ ८ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर लियाकत अलीको जाहेरीले लिखतसम्बन्धी कसुर मुद्दामा मेयर सिंहसहितका ३ जनालाई ७ दिनभित्र खोजी गरेर अदालतमा पेश गर्नका लागि अनुरोध गरेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्