काठमाण्डौ । नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । बिहान सिंगापुरको नेश्नल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९ ओभर २ बलमा दुई विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा लोकेश बमले अविजित ४४ र कप्तान रोहित पौडेलले २१ रन बनाए । त्यस्तै कुशल भुर्तेल २० रन बनाएर आउट भए । ओमानका समीर ओटमनले नेपालका दुवै विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९४ रनमा अलआउट भयो । ओमानका कप्तान सफ्यान मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अल बलुशीले २२ र अब्दुल जाइलले १६ रन जोडे ।
नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान दुईरदुई तथा शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिए । जीतसँगै नेपाल उपाधिनजिक पुगेको छ । उपाधिका लागि नेपालले हङकङ र मलेसियाबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्