काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । पुनलाई सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने भएको हो ।
सरकारका एक मन्त्रीले दिएको जानकारी अनुसार पुनलाई आजै मन्त्रीको रुपमा शपथ ग्रहण गराइने भएको छ ।
पुनसँगै सुधन गुरुङलाई पनि गृहमन्त्रीका रुपमा शपथ ग्रहण गराउने तयारी गरिएको छ । गुरुङमाथि सम्पत्तिबारे प्रश्न उठेपछि उनले बैशाख ९ गते पदबाट राजीनामा दिएका थिए ।
गुरुङलाई पुनः गृहमन्त्रीमा फर्काउने तयारी छ । गुरुङ र पुनको शपथका लागि प्रधानमन्त्री कार्यालयले तयारी गर्नु भनी जानकारी पठाएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्