Skip to content

अपरेशन एक्सट्रिम-३ : बालबालिकाको स्वास्थमा मात्र होइन, राजश्व छली गरेर सरकारमाथि नै प्रहार, काभ्रेमा प्रहरी सफल !

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिङ्क राजश्व छलीमा मुछिएको खुलासा भएको छ । विना बिल बिजक एक्सट्रिम इनर्जी ड्रिङ्कसहितको गाडी प्रहरीले नियन्त्रणमा लिएपछि कम्पनीको यस्तो राजश्व छलीको केस बाहिर आएको हो ।
घटना काभ्रेको हो । काभ्रे प्रहरीले बिलबिजक नभएको सामान सहित बलेरो गाडी नियन्त्रणमा लिंदा ३ हजार ६ सय वटा एक्सट्रिम इनर्जी ड्रिंक्स फेला परेको थियो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित तरकारी बजार क्षेत्रमा रहेको एक गोदामबाट प्रहरीले बिलबिजक नभएका लाखौं मूल्यका सामानसहित बलेरो गाडी नै नियन्त्रणमा लिएपछि काठमाडौँ बाहिर कसरी राजश्व छली गरेर एक्सट्रिमका कार्टुनहरु बिक्री वितरण भईरहेका छन् भन्ने प्रमाणित भएको छ ।

अपरेशन एक्सट्रिम-२ : तपाईंका कलिला छोराछोरीहरुले लुकीलुकी पिईरहेका छन् एक्सट्रिम नामक ‘मन्द बिष’ !

प्रहरीको चेकजाँचका क्रममा बा.३ ख २२१३ नम्बरको बलेरो गाडीबाट गोदाममा झारिँदै गरिएको एक्सट्रिम इनर्जी ड्रिंक्स र बाम बाम लेखिएको पेय पदार्थ नियन्त्रणमा लिएको हो।
देशभर बिल बिनानै रातीराती सप्लाई हुन्छ ‘एक्सट्रिम इनर्जी ड्रिङ्क’
काभ्रेमा विना बिल बिजक एक्सट्रिमका कार्टुन भेटिएको घटना त प्रतिनिधि उदाहरण मात्र हो । देशका विभिन्न ठाउँमा एक्सट्रिम इनर्जी ड्रिंक विना बिल बिजक जाने गरेको स्वयम् कम्पनीका अधिकारीहरु बताउँछन् । ‘अव बेभरेजमा सबै कार्टुन बिलसहित जाने भन्ने कुरा हुँदैन । एक्सट्रिमका थुप्रै कार्टुन ट्रकमा लोड भएर जान्छन्, सबैको बिल हुँदैन ।’ एक्सट्रिममा कार्यरत अधिकारीहरु भन्छन्, ‘धेरै केस त ठाउँको ठाउँ नै समाधान हुन्छन्, प्रहरीले समातिहाले पनि कम्पनीले मिलाईहाल्छ ।’
बालबालिकालाई परेको असरबारे चौतर्फी चर्चा 
एक्सट्रिम इनर्जी ड्रिंकले गरिरहेको भड्किलो प्रचारले अहिले बालबालिकाका अभिभावक र स्कुल संचालकहरु तनावमा छन् । भड्किलो विज्ञापनका कारण बालबालिकाले खानै नहुने यो इनर्जी ड्रिङ्क बालबालिकाले समेत पिउन थालेको भन्दै अभिभावकहरु चिन्तित बनेका हुन् । यसैकारण कतिपय स्कुलहरुमा त ‘से नो टु एक्सट्रिम’ अभियान नै चलिरहेकोसमेत पाइएको छ । चिकित्सकहरु पनि बालबालिकाहरुलाई कुनै पनि हालतमा एक्सट्रिम नामको इनर्जी ड्रिङ्क पिलाउन नहुने बताईरहेका छन् ।

अपरेशन एक्सट्रिम-१ : ‘एक्सट्रिम’ र ‘म्याक्स टाइगर’का नाममा मन्द विषको व्यापार, इनर्जी कम, एलर्जी अपार !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार