Skip to content

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ । आज सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घटेको छ ।

भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १८५ रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको ४ हजार ७४० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार