Skip to content

अपरेशन एक्सट्रिम-२ : तपाईंका कलिला छोराछोरीहरुले लुकीलुकी पिईरहेका छन् एक्सट्रिम नामक ‘मन्द बिष’ !

कालोपाटी

५८ मिनेट अगाडि

काठमाडौँ । कथित इनर्जि ड्रिङ्क एक्सट्रिमका बिक्रेता स्वयम् स्वीकार्छ- ‘यो ड्रिङ्क बच्चा केटाकेटीका लागि हुँदै होइन ।’ तर फेरि यो कथित इनर्जि ड्रिङ्क नामको अखाध्य झोल बेच्नेहरु बच्चा केटाकेटीलाई बेच्नु हुन्न भन्दैनन्, बेचिरहन्छन् ।कम्पनी न केटाकेटीले किन्नु हुँदैन भनेर सार्वजनिक घोषणा गर्छ, न बिक्रेतालाई ‘बच्चालाई नबेच्नू’ भन्छ । कम्पनी त उल्टै बच्चा केटाकेटी स्कुल जाने बाटोको पोल पोलमा आफ्नो प्रचार गर्छ । बच्चाको दिमागले त्यहि देख्छ, र बच्चा केटाकेटीहरु यो खानै नहुने इनर्जि ड्रिङ्कको लतमा परिरहेका छन् ।

बच्चा केटाकेटीलाई एक्सट्रिम-बिष बराबर !
अन्तराष्ट्रिय सञ्चारमध्यमदेखि स्वास्थसँग सम्बन्धित विभिन्न संस्थाहरुले इनर्जी ड्रिङ्क बच्चालाई खुवाउन नहुने भन्दै सार्वजनिक सचेतनाका सन्देशहरु नै सार्वजनिक गरेका छन् । कतिपय देशमा त यस्तो इनर्जी ड्रिङ्क निश्चित उमेर समूह कटेकालाई मात्र खरिद गर्न दिईन्छ । अझ, कतिपय देशमा त इनर्जी ड्रिङ्कमा नै प्रष्टसँग ‘बयस्कहरुका लागि मात्र’ भनेर उल्लेख गर्नुपर्ने प्रावधान छ । तर नेपालमा चिनीपानी र क्याफीन मिक्स गरेर बिक्री भईरहेको यो अखाद्य इनर्जी ड्रिङ्क खुलेआम बिक्री भईरहेको छ । यसमा न सरकारी निकाय बोलिरहेका छन्, न कुनै नेता । बरु केहि स्कुलका शिक्षकहरुले आफ्ना केटाकेटीहरुलाई यो ड्रिङ्क खान नहुने भन्दै पाठ पढाईरहेका छन् । तर पनि स्कुलमा पिउनु हुन्न भनिएको ड्रिङ्कको विज्ञापन जताततै देखेपछि यसले बच्चा केटाकेटीको दिमाग नमज्जासँग हल्लाएको बुझ्न गाह्रो छैन ।

अपरेशन एक्सट्रिम-३ : बालबालिकाको स्वास्थमा मात्र होइन, राजश्व छली गरेर सरकारमाथि नै प्रहार…!

भड्किलो विज्ञापनले बालबालिकामा असर !
सामान्यतया जुन बस्तु वा सेवा बालबालिकाका लागि हुँदैन, सोको प्रचार बालबालिकालाई प्रत्यक्ष असर गर्नेगरी गरिनु हुँदैन । तर इनर्जी ड्रिंकका नाममा क्याफिन र चिनीपानी बेचिरहेको एक्सट्रिमले स्कुलको बाटो बाटोमा रहेको पोलमा यसको प्रचार गरिरहेको छ । स्थिति यस्तोसम्म बनेको छ कि अहिले एउटा बच्चा विहान स्कुल जाँदा पोलमा त्यहि अखाद्य झोलको विज्ञापन देख्छ, स्कुलबाट फर्किंदा पनि पोल पोलमा त्यहि विज्ञापन देख्छ । बिदाको दिन बुबाआमाले कतै घुमाउन लैजाँदा पनि जताततै त्यहि एक्सट्रिम इनर्जी ड्रिङ्कको विज्ञापन देख्छ । जव जताततै त्यहि विज्ञापन देखिन्छ, तव सो बच्चाको दिमागमा पनि सो ड्रिंक पिउन पाए हुन्थ्यो भन्ने परेको छ । अनि त लुकी लुकी, बच्चा केटाकेटीहरु पिउनै नहुने त्यहि मन्द विष पिईरहेका छन् ।

केहि स्कुलमा सुरु भयो सचेतना, स्थानीय सरकार मुकदर्शक !
यसो त देशका विभिन्न स्कुलहरुमा विद्यार्थीहरुलाई शिक्षकहरुले एक्सट्रिम एनर्जी ड्रिङ्क पिउनु हुँदैन भनेर सचेतना नै दिन थालेका छन् । स्कुल आउने र जाने क्रममा जताततै एक्सट्रिमकै विज्ञापन देखिन थालेपछि बालबालिकाको दिमागमा पर्न सक्ने नकारात्मक असरलाई ध्यान दिँदै कतिपय स्कुलहरुमा ‘से नो टु एक्सट्रिम’ अभियान नै चलिरहेको छ । कतिपय स्कुलका संचालकहरुले त स्थानीय तहलाई नै स्कुल वरपरका सार्वजनिक विज्ञापनमा एक्सट्रिमलाई रोक लगाउनुपर्ने बताईरहेका छन् । तर, विक्रेता कम्पनी ठुला मान्छे भएका कारण र कर आईरहेको छ भन्ने बहानामा स्थानीय निकाय बोलिरहेका छैनन् ।

यद्यपी केहि स्थानीय तहका बैठकहरुमा यस विषयमा राम्रै चर्काचर्की भएको छ । स्थानीय तहका केहि अधिकारीहरुले एक्सट्रिमको विज्ञापनलाई आफ्नो पालिकामा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठाईरहेका छन् । तर कर लिईसकेको भन्दै ती पालिकाहरु निरीह भएर बसेका छन् ।

अभिभावकले ख्याल गर्नुपर्छ : चिकित्सक
यता चिकित्सकहरु एक्सट्रिम लगायतका इनर्जी ड्रिंक प्रयोगमा बच्चा केटाकेटीलाई रोक नलगाउने हो भने बालबालिकाको स्वस्थमा ठुलो असर गर्ने बताउँछन् । रक्तचाप बढाउने, मुटुको धड्कन बढाउने, अनिन्द्राको समस्या ल्याउने जस्ता समस्या एक्सट्रिम इनर्जी ड्रिङ्क प्रयोग लगत्तै देखिने हुनाले अभिभावक यसतर्फ सचेत हुनुपर्ने डाक्टरहरुको भनाई छ ।

पछिल्लो समय एक्सट्रिमको चर्को र भड्किलो विज्ञापनका कारण बालबालिकामा ठुलो असर परेकोतर्फ स्वयम् अभिभावक सचेत हुनुपर्ने डाक्टरहरुको तर्क छ । अभिभावक नै सचेत नभए एक्सट्रिमकै कारण ठुलो समस्या निम्तिन सक्नेतर्फ सबै सचेत हुनुपर्ने तर्क डाक्टरहरुको छ । धेरै देशहरुमा बालबालिकालाई यस्ता इनर्जी ड्रिङ्क बेचिनुलाई कसुरजन्य कार्य मानिँदै आएको छ ।

क्रमश:

अपरेशन एक्सट्रिम-१ : ‘एक्सट्रिम’ र ‘म्याक्स टाइगर’का नाममा मन्द विषको व्यापार, इनर्जी कम, एलर्जी अपार !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार