काठमाडौं । संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार अपराह्न ५ बजेका लागि बैठक डाकेका छन् ।
परिषद्को सचिवालय सम्बद्ध स्रोतका अनुसार, अहिलेसम्म तय भएको एजेन्डामा निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्ने विषय छ ।
त्यस्तै, अरू एजेन्डा तय हुन बाँकी रहेको स्रोतले बताएको छ ।
बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछि प्रधानन्यायाधीश नियुक्तिका लागि मात्रै संवैधानिक परिषद्को बैठक एकपटक बसेको छ ।
अहिले निर्वाचन आयोगबाहेक अख्तियार, लोकसेवा लगायतका अरू संवैधानिक निकायका केही पद रिक्त छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्