काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले जनकपुरधामको जानकी मन्दिर अगाडि नाराबाजी गर्दै हर्क साम्पाङ्गविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
क्रिश्चियन धर्म मान्ने साम्पाङ्गलाई हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिर भित्र प्रवेश गर्न नदिने भन्दै हिन्दूवादी सङ्घसंस्थाहरूले आपत्ति जनाउँदै विरोध गरिरहेका छन् । अहिले जानकी मन्दिर बाहिर र परिसरभित्र भारी मात्रामा प्रहरी परिचालन गरिएको छ ।
केहीबेर अघि मात्र श्रम संस्कृति पार्टीका कार्यकर्ताहरू जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिएका छन् ।
साम्पाङ आज विभिन्न कार्यक्रमहरूमा समावेश हुन जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्