काठमाडौं । काठमाडौंस्थित यति इन्टरनेशनल कलेजले थाइल्याण्डको श्रीपातुम विश्वविद्यालय (एसपियु)सँगको सहकार्यमा सञ्चालित ब्याचलर अफ आर्ट्स इन होटल एण्ड माइस् म्यानेजमेन्ट (बीए–एचएमएम) कार्यक्रमको सन् २०२१ ब्याचको पहिलो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गरेको छ। नेपाल सरकारबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय डिग्री कार्यक्रमअन्तर्गत आयोजित समारोहमा ४५ जना विद्यार्थी दीक्षित भएका हुन्।
दीक्षान्त समारोहमा स्नातक विद्यार्थी, अभिभावक, प्राध्यापक तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कलेजका कार्यकारी अध्यक्ष सञ्जय कुमार झाले दीक्षित विद्यार्थीलाई बधाई दिँदै विश्वव्यापी आतिथ्य तथा माइस् उद्योगमा व्यावसायिकता, इमानदारी र निरन्तर सिकाइलाई आत्मसात् गर्न आग्रह गरे।
कलेजका निर्देशक अणराज सिलवालले अभिभावकप्रति आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजको प्रतिबद्धता दोहोर्याए। प्राचार्य राम दिनेश मिश्रले दीक्षान्तलाई शैक्षिक यात्राको अन्त्य नभई नयाँ जिम्मेवारी र अवसरको सुरुवात भएको बताए।
समारोहमा विद्यार्थी सरगम परियारले चार वर्षको शैक्षिक यात्राका अनुभव साझा गरेका थिए भने प्राध्यापक पदम प्रसाद घिमिरेले होटल तथा माइस् व्यवस्थापनजस्तो विशिष्ट क्षेत्रमा मानविकी विषयको डिग्रीको महत्वबारे प्रकाश पारे।
सांस्कृतिक प्रस्तुति, विद्यार्थीका अनुभव आदानप्रदान र प्रमाणपत्र वितरणसहित सम्पन्न कार्यक्रममा यति इन्टरनेशनल कलेजले अन्तर्राष्ट्रियस्तरको उद्योगमैत्री शिक्षा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ। हाल कलेजले एसपियुसँगको सहकार्यमा बीए–एचएमएम, बीए–एबीएम, बीएससी–आईटी र एमबीए कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्