काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीका सांसद आरे राईको पुरानो विवादित अभिव्यक्तिका विषयमा ताजा प्रष्टिकरण दिएका छन् । राईले विगतमा अञ्जानमा बोलेको भन्दै अहिले सुध्रिन दिनुपर्ने उनले बताए ।
राई श्रम संस्कृतिबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् र संसदमा सक्रिय भूमिका निभाइरहेका छन् । उनी खोटाङ १ बाट विजयी भएका थिए । श्रम संस्कृति पार्टीमा जोडिनुअघि उनी अतिवादी जातीय संगठन मंगोल नेसनल अर्गनाइजेसनमा ७ वर्ष सक्रिय थिए । त्यसबेला उनले ‘गाइ काटेर खान पाउनुपर्ने’ विवादित अभिव्यक्ति दिएकाले अहिलेसम्म पनि आलोचित हुने गरेका छन् ।
साम्पाङ पार्टी प्रवेश कार्यक्रमका सिलसिलामा दलवलसहित जनकपुरधाम पुगेका थिए । त्यसक्रममा हिजो उनी जानकी मन्दिर दर्शनका लागि जान खोज्दा केही उछृङ्खल युवाहरुले विरोध गरे ।
‘गाई खान पाउनुपर्छ भन्नेहरुले जानकी मन्दिर छिर्न नपाउने’ भन्दै अवरोध गरेपछि साम्पाङ रोकिए । त्यसपछि पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आरेनको पुरानो अभिव्यक्तिको प्रसंग निकालेका हुन् ।
विगतमा अर्कै दलमा हुँदा त्यसको स्कुलिङअनुसार बोलेको हुनसक्ने भन्दै साम्पाङले अहिले आरेनलाई आफ्नो संगतमा आएको उनले बताए ।
उनको अभिव्यक्ति यस्तो थियोः
हाम्रो सांसद आर्यन राई विगतमा उहाँ अर्कै दलमा हुनुहुन्थ्यो भन्ने मैले जानकारी पाएको छु । त्योबेला स्कुलिङ रहेछ के । अब अहिले पनि ३० वर्ष पुग्दै हुनुहुन्छ । उहाँ आजभन्दा १०९१५ वर्ष पहिला अलि सानै हुनुहुन्थ्यो । त्यो सानो उमेरमा उहाँलाई कोही कसैले त्यो खालको स्कुलिङ गर्नुभएछ । त्यो स्कुलिङले गर्दा हो । हैन रु हरेक कुरा त स्कुलिङ हो ।
हाम्रो सानो नानीहरूलाई हामीले अमेरिका लग्यौँ भने उ इङ्लिस बोल्ने हुन्छ, दिल्ली पुर्यायौँ भने हिन्दी बोल्ने हुन्छ, चाइना लग्यौँ भने उ त चाइनिज बोल्न थाल्छ भनेजस्तो एभ्रिथिङ इज स्कुलिङ । उहाँले कुनै बेला केही भन्नुभएको रहेछ, त्यो वाक्य म यहाँ दोहोर्याउन चाहन्न । त्यो वाक्यलाई लिएर अहिले श्रम संस्कृतिलाई केही मानिसहरूले कस्तो के हो भन्दै हुनुहुन्छ होला । अब हाम्रो आर्यन जी, आर्यन भाई त्यो दलमा हुनुहुन्न ।
संगत गुणाको फल हुन्छ, संगत गुणाको भइन्छ हामी । हामी तास खेल्ने मान्छेको संगत गर्यौँ भने तास खेल्न थाल्छौँ, जाँड खाने मान्छेको संगत गर्यौँ भने जाँडै खान थाल्छौँ । हैन रु घुमिहिँड्ने मान्छेको संगत गर्यौँ भने हामी पनि घुमफिर मात्रै गर्छौँ । अहिले उहाँ हर्क साम्पाङको संगतमा हुनुहुन्छ ।
त्यो जेन्जी उमेरमा, सानो उमेरमा उहाँलाई कसले के बोल्न लगायो, के बोले.., उहाँ सुध्रिन पाउनुपर्छ, सुध्रिने अनुमति उहाँलाई दिनुपर्छ नेपाली समाजले । उहाँले सांसदको रोस्टममै पनि उभिएर माफी माग्नुभएको छ । त्यसैले उहाँलाई कुन समयमा कसले के बोल्न लगायो भन्ने कुरालाई लिएर श्रम संस्कृतिलाई गाली गर्नु सर्वथा गलत हो ।
उहाँ अर्कैको संगतमा हुनुहुन्थ्यो, अर्कैको भाषा बोल्नुहुन्थ्यो । अहिले उहाँ हर्क साम्पाङको संगतमा हुनुहुन्छ, हर्क साम्पाङकै भाषा उहाँले बोल्नुपर्छ, बोलिराख्नुभएको छ । र त्यसलाई त्यत्रो ठूलो इस्यु नमान्नका लागि पनि म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्