Skip to content

२१ हजार रुपैयाँ घुससहित काठमाण्डौ–३० का लेखा अधिकृत पक्राउ

कालोपाटी

९ मिनेट अगाडि

काठमाण्डौ । काठमाण्डौ महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । उनलाई २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिशका लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

भट्टराईमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार