Skip to content

मधेसका नेताहरूसँग प्रधानमन्त्रीले गरे सिंहदरबारमा छलफल

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । सुनसरी लगायत मधेसका विभिन्न स्थानमा भइरहेको तनावको स्थितिबारे प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मधेस केन्द्रित विभिन्न दलका नेताहरूसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा जनमत पार्टीका अध्यक्ष सी।के।राउत, जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह लगायत छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार अन्य नेताहरू लालबाबु राउत, रामकुमार शर्मा, समिम मियाँ अन्सारी, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी पनि प्रधानमन्त्रीसँगको छलफलमा सहभागी छन् । प्रधानमन्त्री शाहले बिहीबार पछिल्ला घटनाक्रमलाई लिएर देशवासीका नाममा सम्बोधन गरेका थिए ।

त्यस्तै उनले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादवसँग पनि कुराकानी गरेका थिए । बिहीबारै गृहमन्त्री सुधन गुरुङ सुनसरी पुगेर पीडित परिवारसँग सहमति गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार