काठमाण्डौ । भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।
समितिका अनुसार, देशभरबाट सङ्कलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी सम्बन्धित स्थानीय तहबाट निःशुल्क रूपमा निस्सा वितरण भइरहेको छ ।
निस्सा प्राप्त गरेका निवेदकको पहिचान, प्रमाणीकरण तथा उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको समितिले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको यो समितिका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भूमि समस्या समाधान समितिमार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिइएको छ ।
स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला समितिका पदाधिकारीसँग छलफल र विभिन्न जिल्लामा स्थलगत अनुगमनसमेत गरिएको जनाएको छ ।
समितिले पछिल्लो समय निवेदन दर्ता गरिदिने वा निस्सा दिलाइदिने भन्दै केही व्यक्तिले सेवाग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको जनाएको छ । यस्तो कार्य गैरकानुनी रहेकाले कसैलाई पनि रकम नदिन समितिले आग्रह गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्