काठमाण्डौ । नागरिकको गुनासो सुन्ने र सम्बोधन गर्ने ‘हेलो सरकार’मा गुनासाको चाङ लागेको छ ।
विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायतका माध्यमबाट नागरिकले गुनासो गर्ने गरेका छन् । निःशुल्क टेलिफोन नम्बर ११११ मार्फत आउने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था समेत गर्ने तयारी छ । हेलो सरकारमा एक वर्षमा ३२१ प्रतिशतले गुनासा बढेका छन् ।
गएको आर्थिक वर्ष २०८२र८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका हुन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१र८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकोमा बितेको आर्थिक वर्ष २०८२र८३ मा बढेर ६९ हजार ७२४ पुगेका छन् । अर्थात् ५३ हजार १५६ गुनासा थपिएका छन् ।
वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढेको र सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा थपिएका हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाको दाबी छ । हेलो सरकारमा पछिल्लो तीन महिनामा ५० हजारभन्दा धेरै गुनासा दर्ता भएका छन् । कार्यालयका अनुसार यो अवधिमा कुल ५० हजार ७२१ गुनासा प्राप्त भएकामा ३९ हजार १७७ गुनासाको समाधान गरिएको छ ।
हेलो सरकारले सार्वजनिक गरेको विवरणमा सामाजिक सञ्जाल, भाइबर, ह्वाट्सएप, इमेललगायत माध्यमबाट प्राप्त गुनासाको सङ्ख्या भने यसमा समावेश नगरिएको उल्लेख छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्