Skip to content

नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ

कालोपाटी

५८ मिनेट अगाडि

काठमाडौँ  । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने ३५ वर्षीय हरिश चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।

उनकाअनुसार नेपाली सेनामा जागिर लगाइदिने भन्दै दुई लाख ४० हजार रकम असुली ठगी गरेको आरोप चन्दमाथि छ ।

चन्दलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार