Skip to content

अब अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने, ‘बर्थ टुरिज्म’ मा ट्रम्पको प्रतिबन्ध

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright Citizenship) को अधिकारलाई कटौती गर्ने पुनः प्रयास गरेका छन्। यसअघि सर्वोच्च अदालतले उनको यस्तै प्रयासलाई अस्वीकार गरेको केही हप्तापछि ट्रम्पले फेरि नयाँ कदम चालेका हुन्।

बिहीबार ट्रम्पले दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। जसमध्ये पहिलो आदेशले नागरिकताका लागि अयोग्य हुने गैर-नागरिकहरूको परिभाषालाई थप विस्तार गरेको छ। दोस्रो आदेशले ‘बर्थ टुरिज्म’ (Birth Tourism) भनिने अभ्यासमा प्रतिबन्ध लगाएको छ, जसमा गर्भवती महिलाहरू आफ्नो बच्चालाई अमेरिकी नागरिक बनाउने उद्देश्यले मात्र अमेरिका आउने गर्छन्।

ट्रम्पले भने, “यो काम धेरै वर्ष पहिले नै हुनुपर्थ्यो, तर हामी अहिले यसलाई व्यवस्थित गर्दैछौँ ।” यस क्रममा उनले १५० वर्ष पुरानो यो नीति अन्त्य गर्ने आफ्नो अघिल्लो प्रयासलाई सर्वोच्च अदालतले रोकेकोमा आलोचना समेत गरे।

आदेशका मुख्य बुँदाहरू :

१. स्वतस् नागरिकतामा रोकस् यदि कुनै बच्चाका आमा र बुबा दुवै गैर(नागरिक हुन् र उनीहरूमध्ये कोही विदेशी आतंकवादी समूहको सदस्य, विदेशी सरकारी कर्मचारी, वा ठगी गरेर नागरिकता लिन खोजेका व्यक्ति हुन् भने, उनीहरूका सन्तानले अमेरिकामा जन्मिएकै भरमा स्वतः नागरिकता पाउने छैनन्।

२. बर्थ टुरिज्ममा प्रतिबन्धस् विदेशीहरूले अमेरिकी उदारताको फाइदा उठाउँदै बच्चा जन्माउनकै लागि मात्र अमेरिका आउने कार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ।

ट्रम्प प्रशासनले रुस र चीन जस्ता देशका नागरिकहरूले ‘बर्थ टुरिज्म’ मार्फत अमेरिकामा घुसपैठ गरिरहेको आरोप लगाएको छ। ट्रम्पले यस्तो प्रक्रियाबाट लाखौँ बच्चाहरू जन्मिएको दाबी गरे पनि ‘माइग्रेसन पोलिसी इन्स्टिच्युट’ को तथ्याङ्कले भने वार्षिक रूपमा करिब २२,००० देखि २६,००० बच्चाहरू मात्र यसरी जन्मिने गरेको देखाएको छ।

ट्रम्पका गृह सुरक्षा सल्लाहकार स्टिफन मिलरले भने, “मानिसहरू पर्यटकको बहानामा यहाँ आउँछन्, तर उनीहरूको वास्तविक उद्देश्य बच्चा जन्माएर उसलाई स्वतः अमेरिकी नागरिक बनाउनु हुन्छ। पछि ती बच्चाहरूले अमेरिकी कल्याणकारी सुविधाहरू र मतदानको अधिकार प्रयोग गर्छन्, जुन केवल वास्तविक अमेरिकीहरूको मात्र अधिकार हो।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार