काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिन आग्रह गर्नुभएको छ ।
उहाँले सरकारलाई सही बाटोमा डोऱ्याएर गन्तव्यमा पुर्याउने दाबी पनि गर्नुभएको छ । हिजो बेलुका काठमाण्डौमा भएको कार्यक्रममा सभापति लामिछानेले हवाई उडानको उदाहरण दिँदै कहिलेकाहीँ मौसमका कारण जहाज हल्लिन सक्छ तर दुर्घटना हुन्छ भनेर डराउनु नपर्ने बताउनुभएको छ ।
सरकारले आफ्नो बाचाअनुसार काम गर्न नसके वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्र्याकमा ल्याउने तागत राख्ने उहाँको भनाइ छ ।
सत्तारुढ दलका सभापति समेत रहेका लामिछानेले सरकार बनेको चार महिना मूल्याङ्कनका लागि पर्याप्त नभए पनि प्राप्त सल्लाह र सुझावलाई मनन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्