काठमाण्डौ । नेपाल प्रिमियर लिग अर्थात् एनपीएलको तेस्रो संस्करण आउँदो कात्तिक ९ गतेदेखि शुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले हिजो प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जनाएको हो । क्यानका सचिव पारस खड्काले निकालेको विज्ञप्ति अनुसार एनपीएलको मिति दसैँ र तिहारको बीचमा परेको छ ।
क्यानले तिहारका दुई दिनबाहेक अन्य दिन खेल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
यसअघि एनपीएल तिहारपछि मंसिरमा आयोजना हुँदै आएको थियो । तेस्रो संस्करणका लागि खेलाडीको अक्सन यसअघि नै सम्पन्न भइसकेको छ । अहिले सहभागी टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया अघि बढाइरहेका छन् ।
एनपीएलको पहिलो संस्करणदेखि नै प्रतियोगिताले नेपाली क्रिकेटमा राम्रो लोकप्रियता हासिल गरेको छ । पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्