Skip to content

धवलले दर्ता गरे पार्टी, चुनाव चिन्ह ‘त्रिभुज’

कालोपाटी

९ मिनेट अगाडि

काठमाडौँ । राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् ।

७९ जना केन्द्रीय सदस्य रहने गरी आयोगमा उनले शुक्रबार आफ्नो नेतृत्वको दल दर्ता गराएका हुन् ।

दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ । झण्डामा सेतो रङमा त्रिभुज चिन्ह राखिने छ ।

मेडिकल व्यवसायीसमेत रहेका अभियन्ता दुर्गा प्रसाईंको संलग्नताबिना नै उनले दल दर्ता गराएका हुन् । शक्ति बाँडफाँटको विषयमा सहमति नजुट्दा उनीहरू दल दर्ताको अन्तिम समयमा अलग भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार