काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २.०१ अङ्कले घटेर २ हजार ६४१.८२ विन्दुमा झरेको छ ।
आज जलविद्युत्, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा फाइनान्स समूह १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज २०१ वटा कम्पनीको शेयर घटेकोमा ७२ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज फर्स्ट माइक्रो फाइनान्स लघुवित्त र महिला लघुवित्तको शेयर साढे ६ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावरको शेयर १५ प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको शुक्रवार ४ अर्ब २७ करोडको कारोबार भएकोमा आज ३५० वटा कम्पनीका १ करोड १९ लाख कित्ता शेयर ५ अर्ब ५२ करोड रुपैयाँमा किनबेच भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्