काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण मुग्लिनसम्म जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले मुग्लिनसम्मको क्षेत्रलाई उच्च जोखिममा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।
महाशाखाका अनुसार उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सुरक्षित उच्च स्थानमा जान भनिएको छ। चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रलाई मध्यम जोखिममा राख्दै सतर्क रहन आग्रह गरिएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर स्थानीयलाई सचेत गराउने काम भइरहेको छ । प्रहरीले माइकिङमार्फत जोखिमबारे जानकारी गराइरहेको जनाएको छ ।
गोरखामा आएको बाढीको जोखिमबारे जानकारी प्राप्त भएको र त्यसअनुसार सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हालसम्म चितवनमा बाढी प्रवेश गरेको छैन र अवस्था सामान्य छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्