काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाएका छन् ।
स्वास्थ्यमा देखिएको समस्याका कारण चस्मा लगाउनुपरेको भन्दै प्रधानमन्त्री शाहले संघीय संसद् सचिवालयलाई स्वास्थ्य प्रतिवेदनसहितको पत्र पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले रातोपाटीलाई जानकारी दिए ।
सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समिति बैठकले कालो चस्मा लगाएर सदनमा आउन नपाउने निर्णय गरेको थियो । लगाएर आउनै पर्ने भए स्वास्थ्य रिपोर्टसहित पत्र बुझाउनुपर्ने निर्णय समितिले गरेको थियो । त्यही निर्णयअनुरुप प्रधानमन्त्री शाहले स्वास्थ्य प्रतिवेदनसहितको पत्र सचिवालयमा पठाएको प्रवक्ता गिरीले जानकारी दिए ।
प्रधानमन्त्री शाहले पठाएको स्वास्थ्य रिपोर्ट अनुसार उनको आँखामा उज्यालो सहन कठिन हुने र आँखा सुक्खा हुने समस्या छ । उनले साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएको रिपोट सचिवालयलाई पठाएका हुन् ।
लेफ्टिनेट कर्णेल डा। सचित ढकालले गरेको परीक्षणमा प्रधानमन्त्रीलाई उज्यालोमा हेर्न असहज हुने भएकाले बेलाबेला आइड्रप प्रयोग गरिरहनुपर्ने र कालो चस्मा लगाउनुपर्ने उल्लेख छ ।
बुधवार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँग प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम निर्धारित छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्