काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा फेसबुकमा अपिल जारी गर्दै सभापति लामिछानेले पार्टीका नेता, सदस्य र शुभेच्छुकहरूलाई यस्तो कठिन समयमा संयमित र जिम्मेवार भएर अघि बढ्न आग्रह गरे। उनले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले दिएका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न अनुरोध गरे।
विपद्का बेला सूचनाको आधिकारिकतामा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले सरकारी निकाय, स्थानीय प्रशासन र विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन आग्रह गरे। ‘यस संवेदनशील समयमा अप्रमाणित सूचना, हल्ला वा अफवाह सामाजिक सञ्जालमा नफैलाऔँ, उनले भने। गलत सूचनाले उद्धार कार्यमा कठिनाइ ल्याउने र नागरिकमा अनावश्यक त्रास फैलाउने उनले बताए।
लामिछानेले रास्वपाका स्थानीयदेखि केन्द्रीय तहसम्मका सबै कार्यकर्ताहरूलाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय हुन निर्देशन दिएका छन्। विपद्को घडीमा सबैको एउटै प्राथमिकता नागरिकको जीवन रक्षा र मानवीय सहयोग हुनुपर्नेमा उनले जोड दिए।
प्रभावित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उनले सबैलाई सुरक्षित रहन र एक अर्कालाई सहयोग गर्न अपिल गरेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्