काठमाडौं । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई नागढुंगा सुरुङमार्ग खुला गरिएको छ ।
नागढुंगा पातले वनमा सडक भासिएपछि आवागमन प्रभावित भएको छ । अहिले पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकलहरूलाई भने सोही स्थानबाट एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ ।
विभागका अनुसार सडक भासिएको स्थानमा भने प्राविधिक अध्ययनपछि मात्र मर्मतको काम सुरु हुनेछ । त्यसपछि पूर्ण रुपमा सडक सञ्चालनमा ल्याउनेबारे छलफल भइरहेको विभागले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्