काठमाडौं । रास्वपाले आफ्ना सांसदहरूलाई उद्धार स्थलमा अवरोध हुने भए फर्किन निर्देशन दिएको विषयमा सांसद सागर ढकालले असन्तुष्टि जनाएका छन् । पार्टीका सिनियर नेताहरू नै मिडियाको लहैलहैमा लागेको उनको गुनासो छ ।
ढकालले अर्का सांसद श्रीराम न्यौपानेसँगै काठमाडौं फर्किने क्रममा स्टाटस लेख्दै आफूहरूले ‘सकेको गरेको’ बताएका छन् । मानवीय हिसाबले आंशिक सफल भएपनि इन्जिनियरिङ हिसाबले ठूलो सफलता देशले प्राप्त गरेको उनको भनाइ छ ।
ढकालले लेखेका छन्, ‘फिल्डमा सबैको सहयोग थियो, तर मिडियामा यति नकारात्मकता फैल्याइयो कि काम गर्न केही हदसम्म डिस्टर्ब चाँही भयो । सिनियर पार्टी लिडरसुद्द मिडियाकै लहैलहैमा लाग्नु पर्यो ।’
अझै २४ घण्टा ढिलो भएको भए असफल पनि हुन सक्ने र भगवानले अन्तिममा पुकार सुनेको उनले बताएका छन् ।
ढकाल थप्छन्, ‘देश साँच्चै बनाउन मन छ भने सकिन्छ, सकारात्मक सोचौँ । सकिँदैन, फिल्डमा रातदिन खटिँदा घरभित्र बसेर मजाक कसैको पनि नगरौँ । सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद १’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्