काठमाण्डौ । भोटेकोशी नदी हुँदै आएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३४१ जनाको शव भेटिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान ११ बजेसम्ममा १ हजार ३४१ जनाको शव भेटिएको हो । भेटिएकामध्ये ९८ जनाको शव पहिचान गरेर मृतकका आफन्तलाई जिम्मा लगाएको प्राधिकरणले जनाएको छ ।
यस्तै ६ हजार ७५ जना घाइतेको उपचार भएको छ । अब ४ हजार ९९६ जना सम्पर्कविहीन रहेका छन् ।
अहिलेसम्म प्रभावित क्षेत्रबाट १३ हजार १०४ जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ । उद्धार गरेकामध्ये ३ हजार ६५२ जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घर गएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्