काठमाण्डौ । आज ४० जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुंगा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ र कास्कीका साथै कर्णाली तथा सुदूरपश्चिमका विभिन्न जिल्ला भएर बहने साना नदी तथा खोलामा बहाव बढ्ने सम्भावना छ ।
विशेषगरी सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा समेत साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्न सक्ने अनुमान छ । महाशाखाले ती जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ ।
छोटो समयमा ठूलो वर्षा हुँदा साना खोला, खहरे तथा नदीमा पानीको सतह एक्कासी बढ्न सक्ने भएकाले नदी तथा खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्नेहरूलाई सतर्क रहन महाशाखाको आग्रह छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्