काठमाडौं । अविनाश विक्रम शाह निर्देशित सिनेमा ‘एलिफेन्ट इन द फग’ १९ औँ एसिया प्यासिफिक स्क्रिन अवार्डको तीन विधामा मनोनयनमा परेको छ ।
एसिया प्यासिफिक स्क्रिन एकेडेमीले छनोट गरेको ३२ देशको ३६ सिनेमाको मनोनयन सूची सार्वजनिक गरेको छ ।
जसमा ‘एलिफेन्ट इन द फग’ उत्कृष्ट सिनेमा, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनय विधामा मनोनित भएको एसिया प्यासिफिक स्क्रिन एकेडेमीले जनाएको छ ।
यो अवार्ड अस्ट्रेलियामा अक्टोबर ३० मा हुनेछ । ‘एलिफेन्ट्स इन द फग’ गत भदौ १९ गतेदेखि घरेलु बक्सअफिसमा प्रदर्शन भइरहेको छ । उत्कृष्ट समीक्षा र दर्शकको सकारात्मक वर्ड अफ माउथ पाइरहेका बेला इन्टरनेसनल फिल्म फेस्टिभलबाट सुखद समाचार आएको हो ।
सिनेमामा जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गरिएको छ ।
सिनेमामा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।
निर्देशक शाहकै पटकथा रहेको सिनोनमा अविनाश र सन्दीप बादलको कथा छ । सिनेमा नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।
यस चलचित्र निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन् ।
चाल्र्स अडिनेट लाइन प्रोड्यूसर रहेको सिनेमाका एसोसिएट निर्माता केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् ।
अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ, एसोसिएट निर्माता आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्