काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो ।
ग्यास कालोबजारी गरेको आरोपमा बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षीय लुइँटेल मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर–२ का स्थानीय हुन् ।
बसुन्धारामा स्टोर ग्यास स्टोर सञ्चालन गरेका लुइँटेलले प्रति सिलिन्डर २ हजार ७५० रुपैयाँमा ग्यास बेच्ने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । बरामद सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका हुन् । आरोपीले नयाँ सिलिन्डर ५ हजारमा बेच्ने गरेको एसपी कार्कीले जानकारी दिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्