Skip to content

सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

कालोपाटी

३५ मिनेट अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने भएका छन् । छठ पर्वको भोलिपल्ट जनकपुरधामबाट मेची-महाकाली पद यात्रा गर्ने सांसद सिंहले बताएका छन् ।

आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले मधेशलाई थप बुझ्न र मधेशलाई जोड्न पदयात्रा गर्ने बताएका हुन् ।

मा सीताको जन्मभूमि जनकपुरमा छठको पारनको दिन गंगासागरमा अर्घ्य दिएर मेची-महकाली पदयात्रा गर्छु,’ उनले भने, ‘मेरो पदयात्राको थिम छ । समाज जोड्नु पर्छ । राजनीति भनेको समाज जोड्नका लागि हो । देशको समृद्धिका लागि हो । अबको एकताको बाटो हुनुपर्छ ।’

उनले मधेशमा ६ वटा ‘स’ शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा र सरसफाइमा परिवर्तन रहेको बताए ।

पदयात्राको क्रममा आफू जनताको कुरा सुन्ने उनको भनाइ छ ।

‘पदयात्रा जनताको बीचमा गएर, जनताको कुरा सुन्छु । आफैं कम बोल्छु, जनताको बढी सुन्छु,’ उनले भने, ‘त्यसक्रममा दैनिक पाँच घण्टा हिँड्छु र ७ घण्टा जनताको कुरा सुन्छु ।’

उनले पदयात्राको क्रममा जनकपुरधामबाट गाग्रोमा माटो पानी लिएर सुरु गर्ने र माघेसंक्रान्तिको दिन महाकाली नदीमा जौ(तिल राखेर विसर्जन गर्ने बताए ।

त्यस क्रममा उनले मधेशी जनताको अपार सहयोगबाट बनेको वर्तमान सरकारले मधेशलाई खासै प्राथमिकतामा नराखेको बताए ।

उनले आफू बालेन सरकार नबने आत्मदाह गर्ने घोषणा गरेको र अहिले सरकारलाई सशक्त बनाउन भइरहेको कमिकमजोरीबारे बोलिरहेको र त्यसलाई सच्याउन खोजेको बताए ।

प्रतिक्रिया दिनुहोस्