काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर हिजो बेलुका स्वदेश फर्किनुभएको छ ।
भारत सरकारको निमन्त्रणामा बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डा. वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली जानुभएको थियो ।
भ्रमणका क्रममा उहाँ भारतका मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक–व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो ।
भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्याएको सहयोगप्रति नेपाल सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डा. वाग्लेले बताउनुभयो ।
साथै, बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको र दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा पनि भेटघाट फलदायी भएको उहाँको भनाइ छ ।
यसैबीच संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ ।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनाल महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्नुहुनेछ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह पर्सि मंगलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई बिहीबार सम्बोधन गर्नुहुनेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्