Skip to content

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

कालोपाटी

११ मिनेट अगाडि

काठमाण्डौ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने भएको छ ।

शिक्षक राजनीतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कारबाही गर्न निर्देशन दिनुभएको हो ।

उहाँले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिलाई निगरानी गर्न पनि निर्देशन दिनुभयो । शिक्षा नियमावली, २०५९ ९१० औँ संशोधन० को नियम १३३ मा शिक्षकले कसैमाथि पनि कुनै राजनीतिक वा अवाञ्छनीय प्रभाव पार्न वा प्रभाव पार्ने प्रयत्न गर्न नहुने उल्लेख छ ।

शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न हुने कार्य नियमावलीको व्यवस्थाविपरीत हुने उल्लेख गर्दै सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुन अनुसार आवश्यक कारबाही गर्न पालिकालाई अनुरोध गरिएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै भएरगरेका कारबाहीको सम्बन्धमा शिक्षा विकास तथा समन्वय एकाइलाई जानकारी गराउनसमेत पत्रमार्फत भनिएको छ । पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विभागलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार