काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू कुनै पनि विदेशी शक्तिको दलाली नगरी नेपाली स्वाभिमानी र सार्वभौम जनताको मतबाटै देशको प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
धनकुटामा भएको पार्टी प्रवेश तथा हातेमालो कार्यक्रममा बोल्दै साम्पाङले जनताले चाहेमा केही समयमै आफू प्रधानमन्त्री बन्ने बताए ।
उनले भने, ‘सात जुनीमा पनि साम्पाङ प्रधानमन्त्री बन्न सक्दैन भनेर एक जना दाइ भन्नु भएछ । उनको कुरा सुनेपछि आफूलाई प्रधानमन्त्री बन्ने सोच आएको छ ।
उनले देश विकासको लक्ष्य पूरा गर्नका लागि बस हाँक्न बसको चाबी हातमा हनु परे जस्तै देश बनाउन प्रधानमन्त्री हुनु पर्ने बताए ।
उनले प्रधानमन्त्री बन्नका लागि विदेशीको पाउमा साष्टाङ्ग दण्डवत् गर्ने वा दलाली गर्ने काम आफूले कहिल्यै नगर्ने दाबी गरे । उनले भने, ‘भारत, चीन वा कुनै ‘ग्रे जोन’ को आशीर्वादले म प्रधानमन्त्री बन्ने होइन केवल नेपाली जनताको सार्वभौम मतले प्रधानमन्त्री बन्ने हो ।’
उनले आफू प्रधानमन्त्री भएपछि ३ करोड नेपालीका ६ करोड हातलाई एकैसाथ काममा परिचालन गर्ने बताए ।
उनले भने, ‘केवल भाषण र कलम चलाएर मात्र देश बन्दैन । देश बनाउन औजार चलाएर श्रमदानमार्फत सारा संसारलाई चकित पार्ने गरी काम गर्नु पर्छ ।’
उनले हर्क साम्पाङ ‘आगो बोकेको मान्छे’ भएको दाबी गरे । उनले विरोधी तथा देशी विदेशी तत्त्वहरूलाई नजिस्काउन चेतावनी दिए ।
उनले भने, ‘धरान उपमहानगरपालिकामा ठूला-ठूला राजनीतिक दलहरूलाई पछारेर एक्लै माइक बोकेर निस्किएको मान्छे हो । अहिले त मसँग लाखौँ श्रमदाताहरू साथमा छन् ।’
उनले विदेशीको चाकरी गरे पेट पालेर बसेकाहरूलाई खबरदारी गर्दै उनले आफू जति पछारे पनि उत्तिकै माथि उफ्रिने ‘कहिल्यै नफुट्ने भकुन्डो’ जस्तै भएको बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्