Skip to content

आगामी दिनमा गल्ती नदोहोर्‍याउने एमालेको संकल्प, पार्टीभित्रको असमझदारी अन्त्य भएको दाबी

कालोपाटी

२२ मिनेट अगाडि

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयलाई गम्भीरतापूर्वक बोध र निष्ठापूर्वक कार्यान्वयन गर्न नेता कार्यकर्तालाई आग्रह गरेको छ।

बैठकपछि महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गरेको जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न र पार्टी पुनर्जागरण एवं सुदृढीकरणका ठोस योजना निर्माण गर्ने सम्बन्धमा अत्यन्त महत्त्वपूर्ण रह्यो । बैठकमा हामीले विगतमा रहेका कमीहरूको गम्भीर समीक्षा गरेका छौँ, तिनलाई सच्याउँदै आगामी दिनमा नदोहोर्‍याउने प्रण गरेका छौँ।’

बैठकले सुधार तथा रूपान्तरणको मार्गचित्र तयार गरेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस बिचमा देखा परेका कतिपय असमझदारी र अस्वस्थताहरू यस बैठकदेखि अन्त्य भएका छन् र पार्टी भावनात्मक रूपमा थप एकजुट भएको छ ।’

बैठकको सन्देशलाई आत्मसात् गर्दै लोकतन्त्रको रक्षा र निर्वाचनको तयारी सम्बन्धी पार्टीले तय गरेका प्रमुख कार्यभारमा केन्द्रित हुन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार