Skip to content

२ कारोबार दिनपछि बढ्यो शेयर बजार

कालोपाटी

४१ मिनेट अगाडि

काठमाण्डौ । शेयर बजार दुई कारोबार दिनपछि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.९६ अङ्कले बढेर २ हजार ५७८.७३ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढेको छ । आज १६९ वटा कम्पनीको शेयर बढेकोमा ९५ वटाको घटेको छ । १५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज त्रिशूली जलविद्युत्को शेयर ५.११ प्रतिशतले बढेको छ । समग्रमा बजार उकालो लागेको दिन सर्वोत्तम पेन्ट्सको शेयर झन्डै ५ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज ३५९ वटा कम्पनीको ८९ लाख ५५ हजार कित्ता शेयर ३ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार