काठमाडौं । यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको बडादशैँ शुभसाइतअनुसार विजया दशमी तथा देवी विसर्जन कात्तिक ४ गते बुधबार परेको छ। सोही दिन बिहान १०ः२६ बजे टीकाको साइत निर्धारण गरिएको समितिले जनाएको छ।
समितिका अनुसार यस वर्षको नवरात्रारम्भ तथा घटस्थापना असोज २५ गते आइतबार बिहान ११ः४७ बजे रहेको छ। फूलपाती असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे, महाष्टमी कात्तिक १ गते आइतबार बिहान १०ः३९ बजे र महानवमी कात्तिक ३ गते मंगलबार परेको छ।
विजया दशमीका दिन टीका लगाउँदा पश्चिम मोहडा गरेर टीका लगाइमाग्नेले पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्