काठमाण्डौ । अहिले काठमाण्डौ उपत्यकासहित देशका पश्चिम क्षेत्रमा पानी परिरहेको छ ।
चितवनदेखि पश्चिमका तराई र पहाडी धेरैजसो क्षेत्रमा मध्यमसम्मको वर्षा भैरहेको छ ।
चितवन, नवलपुर, तनहुँ, गोरखा, बर्दिया, सुर्खेत, डोटी, कैलाली, कञ्चनपुर र डडेलधुरा आसपासका क्षेत्रमा मेघगर्जनरचट्याङ्ग, हावाहुरीसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित ठूलो पानी पर्ने क्रम पर्सि शुक्रबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिमाली थोरै ठाउँमा पनि हिमपात र मध्यम वर्षाको सम्भावना छ । छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाखो रहन मौसमविद्ले आग्रह गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्