काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भुइँमा बस्ने कार्यकर्ताको पनि हुने बताएका छन् ।
पार्टी एउटै परिवार रहेको भन्दै अहिले जिम्मेवारी कसले लिने भन्नेबारे मात्रैमा प्रतिस्पर्धा रहेको जिकिर गरे । काठमाडौंमा जारी १५ औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो जिकिर गरेका हुन् ।
‘कांग्रेस एउटा परिवार हो । परिवारभित्र जिम्मेवारी कसले लिने होला भन्ने हाम्रो प्रतिस्पर्धा हो । जित्ने मान्छेले सबै कुरा जित्ने, हर्ने मान्छेले सबै कुरा हार्ने भन्ने होइन,’ उनले भने ।
साथै, उनले सभापति वा अन्य कुनै पद केवल एउटा समय तोकेर दिइएको जिम्मेवारी मात्रै भएको बताए ।
‘यो पार्टीभित्र मेरो जति हक र हैसियत छ त्यति नै हक र हैसियत पार्टीको भुइँमा बस्ने साथीको पनि बराबर छ,’ थापाले भने, ‘पार्टीको सभापति माननीय, सम्माननीय होइन । यो केवल एउटा समय तोकेर दिएको जिम्मेवारी हो ।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्