काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदको मतगणनामा रामहरि खतिवडाले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्। पछिल्लो मतपरिणामअनुसार खतिवडाले ९१७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी अजयबाबु सिवाकोटीले ६५३ मत पाएका छन्।
मतगणनामा डल्लीराज सुवेदी ५०० मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, देवेन्द्रराज कँडेलले ३९५ र विकास कोइरालाले ३३० मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारमध्ये राजीव ढुंगानाले २९३, अमृतकुमार अर्यालले २०४ र विमलराज क्षेत्रीले ७२ मत पाएका छन्।
कांग्रेसको संशोधित विधानअनुसार सहमहामन्त्री खुलातर्फ दुई जना निर्वाचित हुने व्यवस्था छ। पछिल्लो मतपरिणाममा खतिवडा र सिवाकोटी क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्