काठमाडौं । अश्लील अडिओ प्रकरणमा रास्वपाका सांसद खगेन्द्र सुनारलाई पूर्वमन्त्री तथा श्रमसंस्कृतिका नेता सुदन किरातीले तत्काल पदबाट राजीनामा दिएर निष्पक्ष छानबिनमा सघाउन सुझाएका छन् ।
सामाजिक सञ्जालमार्फत सांसद सुनारलाई सम्बोधन गर्दै किरातीले सांसद पद केवल ओहोदा वा सत्ताको साधन मात्र नभई नागरिकप्रतिको भरोसा र सार्वजनिक नैतिकताको सर्वोच्च मानक भएको उल्लेख गरेका छन्।
किरातीले भनेका छन्, ‘अनुहार अर्थात् पात्र फेरिँदैमा समाज बदलिँदैन, जबसम्म सोच र प्रवृत्ति बदलिँदैन । उत्पीडन, मुक्ति र नैतिकताको एजेन्डा बोकेर आएका व्यक्तिमाथि नै जब गम्भीर उत्पीडन र अनैतिकताको आरोप र प्रश्न उठिसक्यो, अब मार्गप्रशस्त गरेर नयाँ राजनीतिक संस्कारको उदाहरण बन्नुपर्छ ।’
किरातीले सांसद पदको मर्यादा जोगाउन र आफूमाथि उठेका प्रश्नहरूको निरुपणका लागि तत्काल पदबाट राजीनामा दिई छानबिनलाई सघाउन सुनारलाई आग्रह गरेका छन् ।
किरातीले थपेका छन्, ‘नैतिक धरातल बलियो नभई न त उत्पीडनको मुक्ति सम्भव छ, न त जनताले ‘नयाँ’ भनेर विश्वास नै गर्न सक्छन् । जो रास्वपाको विचार १’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्