गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमा रविना थापाले उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थापाले प्यानलसहित संघको आगामी कार्यकाल २०२१–०२३ को लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उम्मेद्वारी घोषणा गर्दै थापाले आफुले सवैलाई समेटेर अघि बढ्ने भन्दै सहयोग गर्न आग्रह गरिन् । बैदेशिक रोजगारमा गएका नेपालीको अवस्था सुधार गर्नेदेखि एनआरएनएमा सहभागी जनाउनेसम्मको कार्ययोजना पनि थापाले सार्वजनिक गरिन् । उहाले एकपटक सदस्य भएपछि केन्द्रमा भोट गर्ने अधिकार सवैलाई हुनुपर्ने धारणा राखेकी छिन् ।
थापा अमेरिका निवासी हुन् । उनले एनसीसी अमेरिकाको उपाध्यक्ष भएर समेत काम गरिसकेकी छिन् । संघको दशौं सम्मेलन तथा नयाँ नेतृत्वका लागि निर्वाचन आगामी अक्टोबरमा हुँदैछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्