अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका–१ कुइकामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका–२ का १४ वर्षीय जीवन न्यौपाने र १८ वर्षका सर्प बोहरा, सोही नगरपालिका– ३ का १७ वर्षका जीवन जैसी र १७ वर्षीय हिमाल नेपाली छन् । बोलेरो जीप जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरु मध्ये जैसीको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्