भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेणु यादवले पूर्वाधार विकासमा हेभि इक्विपमेन्ट क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
दीपावली, नेपाल संवत एवं छठपर्वको अवसरमा नेपाल हेभिइक्विपमेन्ट व्यवसायी महासङ्घले आइतबार साँझ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देश विकासका लागि हेभिइक्विपमेन्ट व्यवसायीको भूमिका उल्लेखनीय छ भन्नुभयो । “हेभि इक्विपमेन्ट व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि मन्त्रालयले सम्बोधन गर्नेछ”, उहाँले भन्नुभयो ।
महासङ्घका अध्यक्ष प्रेमलाल श्रेष्ठले कोरोना महामारीका समयमा हेभिइक्विपमेन्ट क्षेत्रले समस्या भोग्नुपरेको जनाउँदै समस्या समाधानका लागि मन्त्रालयले पहल गर्न माग गर्नुभयो । महासङ्घका महासचिव सुरेश खत्रीले हेभिइक्विपमेन्टको चर्को बिमा शुल्क तथा उचित पार्किङको व्यवस्थापनलगायतका विद्यमान समस्याका बारेमा हेभिइक्विपमेन्ट व्यवसायीले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएको जानकारी दिनुभयो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्