काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउने कार्यविधि कुनै व्यक्ति विशेषको लागि नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बैठकमा नेपाल टेलिकम प्रबन्ध निर्देशक नियुक्तीको कार्यविधि कुनै व्यक्ति विशेषको लागि नभएको प्रष्टयाएको हो ।
सचिव अर्यालले कार्यविधि समितिको निर्देशनको आधारमा नै बनेको बताए । उनले पछिल्लो समय नेपाल टेलिकमको ग्राहक बढ्दै गएको जानकारी पनि समितिलाई गराए । सचिव अर्यालले खुल्ला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक नियुक्ति हुने भएकाले सक्षम व्यक्ति आउने विश्वास समेत व्यक्त गरे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्