डोटी । एसएस फाउन्डेशनले डोटीको झिमे मालिका माध्यामिक विद्यालयलाई ८ सय वटा स्कुल झोला सहयोग गरेको छ ।
डोटीको केआई सिंह गाउँपालिका–४ मा रहेको झिमे मालिका माध्यामिक विद्यालयलाई फाउन्डेशनले ८ सय वटा झोला सहयोग गरेको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले डोटीका समाजसेवी रणबहादुर बलायरलाई सो झोला हस्तान्तरण गरेका हुन् ।
एसएस फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको फाउन्डेशनले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्