Skip to content

मंगलबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार ९९ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले बढेर प्रतितोला १ लाख ३ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने २० रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार ८ सय रहेको छ भने सोमबार यसको मुल्य ९९ हजार ३ सय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्