काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ । बिहीबार एक कार्यक्रमका बीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो ।
नेपालमा पर्वतारोहणका लागि खुल्ला हिमालहरु (खासगरी सगरमाथा क्षेत्र) मा फोहोरका कारणले हुन गएको सौन्दर्य ह्रासलाई कम गर्न यो अभियान संचालन गरिएको हो । नेपाली सेनाका सहायक रथी हिमांशु खड्काले सरकारी निकाय, गैर–सरकारी संघ-संस्था, पब्लिक कम्पनी तथा निजी क्षेत्रहरुको सफा हिमाल अभियानमा साथ पाउनु खुसीको कुरा भएको बताए । उनले नेपाल लाइफले सामाजिक उत्तरदायित्वलाई सफा हिमाल अभियान नै छनौट गरी यसको स्टेकहोल्डर बन्नु सरहानिय भएको बताए ।
नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीले विश्वमानचित्रमा नेपालको उचाइको गौरवलाई स्वच्छ र सफा हिमालले सुन्दर देशका रुपमा परिचय कायम गर्न सहयोग गर्ने कुरालाई मनन गर्दै ‘सफा हिमाल अभियान २०२२’ मा हातेमालो गरेको प्रष्ट्याए । कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरी र नेपाली सेनाका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालय जंगी अड्डाका सहायक रथी हिमांशु खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्