Skip to content

लक्ष्मी बैंकले गर्यो मधेशको महोत्तरी र सिराहामा २ नयाँ एक्सटेन्सन काउन्टर विस्तार, कति पुग्यो काउन्टर संख्या ?

कालोपाटी

४ वर्ष अगाडि

जनकपुर । लक्ष्मी बैंकले महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा २ नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउन्टरहरुको सुरुआतसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७६ एटीएम, २ हजार ५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको हो ।

यसका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्