काठमाडौं । एभरेष्ट बैंकले कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण प्रदान गरेको छ । कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । साथै बैंकले केही महिना अगाडि लक्ष्मी पार्क बुटवलमा पार्कमा घुम्न आउने पर्यटकहरुको सुविधाका लागि निर्माण गरिएको शौचालय पनि हस्तान्तरण गरेको छ ।
एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ भने विभिन्न सामाजिक क्लब तथा संस्थाहरुलाई कल्याणकारी कार्यमा सहयोग गर्दै आएको छ । कोपिला भ्याली स्कुलका विद्यार्थीहरुलाई ब्याग पनि हस्तान्तरण गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्