काठमाडौं । बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १८.२६ अंकले घटेर २ हजार ११२.४७ बिन्दुमा पुगेको हो । बिहिबार कुल २ सय २७ कम्पनीको ३५ लाख ६६ हजार ८ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल १ अर्ब १६ करोड १५ लाख १४ हजार १ सय ६९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बिहिबार सबैभन्दा बढी प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । आज सबैभन्दा बढी कारोबार भएको छ । सेयर कारोबार भएको हो । यस्तै आज सबैभन्दा बढी कारोबार माउन्टेन हाईड्रो नेपालले गरेको छ । यस कम्पनीको १२ करोड १२ लाख ७८ हजार ६ सय ९३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । सरकारले आगामी आर्थिक वर्ष २०७९ र ८० को बजेट ल्याएपछि सेयर बजार लगातार चौँथो दिन पनि घटेको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्